नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन्। सरकारमा दावी गर्न शितल निवास पुगेका काँग्रेस सभापती शेरबहादुर देउवा भन्दा पहिले ओलीले आफ्नो दावी पेश गरेका हुन्।
नेकपा एमाले अध्यक्ष ओलीले एमालेका १ सय २१ र जनता समाजवादी पार्टी (जसपा)का १६ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्। ‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो। हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने।
कांग्रेस सभापति देउवा पनि आफूँलाई १ सय ४९ सांसदको साथ रहेको भन्दै दावी गर्न शितल निवास पुगेका छन्। देउवालाई माधव समुहका २७ सांसदले सघाएको बताइएको छ।