नेपाली राजनितीम रातारात नाटकीय परिवर्तन देखिएको छ। केहि दिनअघिमात्र एकढिक्का हुनेगरी प्रयास थालेका नेकपा एमालेको केपी शर्मा ओली र माधव कुमार नेपाल समुह फेरी पुरानै अवस्थामा फर्किएका छन्। बिहिबार सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन माधव समुह खुलेर अघि सरेपछी एमालेभित्रको संकट चुलिएको छ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले माधव समुहमाथी कारवाही गर्ने संकेत दिइसकेका छन्। यो समुहले पार्टीमाथि अन्र्तघात गरेको केपी खेमाको निष्कर्ष छ। शुक्रबार बालुवाटारमा आयोजीत पत्रकार सम्मेलनमा ओलीले नेपालको नामै किटेर धोका दिएको उद्घोष गरे।
यसैविच सिंहदरबार जारी विपक्षी दलहरुको बैठकमा माधव नेपाल पनि सहभागी हुन गएक। बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायत शिर्ष नेताहरु सहभागी थिए। बैठकपछी नेताहरु राष्ट्रपती भवनतर्फ निस्किएका छन्। यता प्रधानमन्त्री ओलीले भने राष्ट्रिय सहमतीको सरकारका लागि आह्वान गरेका छन्।
राष्ट्रपतिको आह्वानअनुसार नयाँ सरकारमा दाबी प्रस्तुत गर्ने तयारीमा रहेका विपक्षी दलहरुले सोहि विषयमा छलफल गर्न बैठक बसेका हुन्। १ सय ४९ जना सांसदकाे हस्ताक्षारसहित शेरबहादुर देउवाकाे नेतृत्वमा सरकार गठनकाे तयारी रहेकाे छ। 'यहाँ माेटामाेटी सहमती गएर निस्कनुभएकाे छ,' काँग्रेस नेता गगन थापाले भने, 'माधव नेपाल पक्षका२७ जना सांसदकाे हस्ताक्षार छ।'