प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको प्रकृया अपरिहार्य भएको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भने, ‘प्रधानमन्त्रीले सरकार गठनको लागि मार्गप्रशस्त गर्नु उचित मात्र होईन अपरिहार्य भइसक्यो।’
प्रधानमन्त्री ओलीले बजेट समयमा ल्याउनका लागि अहिले यो कदम चालिएको उनले बताए। ‘हामीसँग समय धेरै छैन्। आज ७ गते भइसकेको छ, १४ गते सरकार बनाएर १५ गते कसरी बजेट पेश गर्ने?, उनले प्रतिप्रश्न गर्दै भने, ‘छलछाम गर्न वा सरकार जोगाउन यस्तो गरिएको होईन।’
बैकल्पिक सरकार निर्माणका लागि नयाँ सरकार गठनको प्रकृया शुरु भएको उनले स्पष्ट पारे। ‘आफुँ सरकारमा पुग्ने इच्छा, अस्थायित्वका लागि गतवर्ष देखी नै खेल चलिरहेको छ,’ उनले भने, ‘संसदले नयाँ सरकार दिन सक्ने स्थिती मैले देखीन, सरकार चलाउन पाउने वा खास काममा केन्द्रि हुने अवस्था देखिन्।’
सरकार बनाउने र ढाल्ने असफल प्रयासहरुले गर्दा सरकारले काम गर्न नपाएको प्रधानमन्त्री ओलीले दुखेसो गरे। ‘महामारीमा एकजुट भएर आउनुपर्नेमा उल्टो सरकारलाई समेत काम गर्न दिइएन।’ प्रधानमन्त्री ओलीले बैकल्पिक सरकार बनाउने कुरामा रचनात्मक सहयोग गर्ने बताए। ‘सक्नुहुन्छ सरकार बनाउनुस, सक्नुहुदैन मलाई सहयोग गर्नुुस’ उनले भने।