राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको आधार पेश गर्नका लागि भोली (शुक्रबार) साँझ ५ बजेसम्मको समय दिएकी छन्। राष्ट्रपती कार्यालयबाट बिहिबार पत्र जारी गर्दै संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरिएको हो।
आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट«पतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन्।
आजै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा माधवप कुमार नेपाल समुहले आफ्ना पार्टीका उम्मेदवार रामबहादुर बादलको सट्टा विपक्षी उम्मेदवार डा. खिमलाल देवकोटालाई मत दिएपछी फेरी राजनितीक अस्थिरता बढेको छ।
