राष्ट्रिय सभा सदस्यका उम्मेदवार रामबहादुर थापा बादल उपनिर्वाचनको मतगणना भइरहेको ठाउँबाट बाहिरिएका छन्। बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि बिहीबार मतदान भएको थियो।
मतगणास्थलबाट निस्किएका बादल काठमाडौंतर्फ हाक्किएको बताइएको छ। नेकपा एमालेकै माधवकुमार नेपाल पक्षले बादललाई मत नदिएर खेमलाल देवकोटालाई मत दिएको सूचना बाहिरिएको थियो। यससँगै बादलले चुनाव जित्नेमा आशंका पैदा भएको छ।
मतगणना भइरहेको हेटौंडाको भुटन मा.वि बाट गाडी चढेर बादल बाहिरएसागै विभिन्न अड्कलबाजी भइरहेका छन्।