राष्ट्रियसभा सदस्यका लागि बिहीबार भएको उपचुनावमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीका उम्मेदवार रामबहादुर थपा बादललाई मत नदिएको सूचनाले एमालेमा तरंग पैदा भएको छ। एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान हुनुलाई गम्भीरतावूर्पक लिएको जानकारी लिएको छ।
नेपाल पक्ष र पार्टी अध्यक्ष ओली पक्षबीच छलफल हुनुअघि नै नेपाल समूहका डा. खिमलाल देवकोटालाई विपक्षी दलहरुले साझा उम्मेदवार बनाएका थिए। एमालेमा एकता प्रयास सुरु भएपछि पनि देवकोटाको उम्मेदवारी कायमै रह्यो। एमाले अध्यक्ष र महासचिवले पार्टीका उम्मेदवारलाई मत दिन निर्देशन दिए पनि कतिपयले अवज्ञा गरेका छन्।
एमालेका नेताले पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले जुन ढंगले क्रियाकलाप गरेको र त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको जानकारी दिएका छन्। यससँगै एमाले एकतामा शंका पैदा भएको छ। यसअघि पार्टी विवाद समाधान गर्न कार्यदल बनेको थियो।
