दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ फेरि मन्त्रीमा नियुक्त भएको छन्। गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद रहेका मनाङेलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्री बनाएका हुन्।
उनी केही समयअघि मन्त्री भएको १० दिनबाट पदबाट मुक्त भएका थिए। मुख्यमन्त्रीले राजीनामा दिएपछि मनाङेको मन्त्री पद खुस्किएको थियो। गुरुङ पुनः नयाँ प्रक्रियाबाट मुख्यमन्त्री बनेपछि हाल मनाङेलाई मन्त्री बनाएका हुन्।
यद्यपी उनी काठमाडौंमा रहेकाले बुधबारको शपथग्रहणमा भने सहभागी भएनन्। मुख्यमन्त्री गुरुङले मनाङेसँगै किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई मन्त्री बनाएका छन्।