राष्ट्रिय सभाको उपनिर्वाचनको मिती नजिक आइरहेको छ। प्रमुख २ उम्मेद्वार रामबहहादुर थापा बादल र खिमलाल देबकोटा आफ्नो पक्षमा मत जुटाउन दौडधुप गरिरहेका छन्। यसैवीच बादलले आज माधव कुमार नेपाललाई भेटेर निर्वाचनमा आफुँलाई जिताउन आग्रह गरेका छन्।
जवाफमा नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको थापाको सचिवालयले जनाएको छ। नेता नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा ‘बादल’लाई जिताउने प्रतिबद्धता जनाएका छन्। बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा थापा एमालेका तर्फबाट उम्मेदवार बनेका छन्।
‘पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो,’ भेटवार्तापछि गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको प्रेस नोटमा भनेका छन्, ‘भेटमा नेता नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो। भेट सकारात्मक रहेको उहाँको भनाइ छ।’