मंगलबार जनता समाजवादी पार्टीका दुई अध्यक्षले ८ बूँदे विज्ञप्ति जारी गरे। यसले जसपाभित्रको विवाद मिलेको अनुमान गरिएको थियो। तर दुई धारमा विभाजित दूइ अध्यक्षबीचको सहमति ३ घण्टा पनि टिकेन।
दुई नेताबीच जसपा राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भएको थियो। उक्त सहमति भए पनि महन्थले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन्। उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन्। यसले सहमति एकाएक भाँडिएको छ।
यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए। तर अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका हुन्।