जनता समाजवादी पार्टीले सरकारमा जान प्रधानमन्त्रीको पद माग गरेको छ। मंगलबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ती निकाल्दै सरकारको नेतृत्व गर्न पाराष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि बढ्ने जानकारी दिएका छन्। यस्तो अवस्था नभएमा जसपा प्रतिपक्षले बस्ने उनीहरुको विज्ञप्तीमा उल्लेअ गरिएको छ।
‘पार्टी सरकारमा सहभागी हुने वा नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवं अड्कलबाजीहरु भइरहेका छन्। तत्काल पार्टी सरकारमा सहभागी हुने छैन। जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ। तर, राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सकने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ,’ ८ बूँदे विज्ञप्तिको बूँदा ४ मा लेखिएको छ।

