नेपालको राजनिती अहिले रोमाञ्चक मोडमा छ। आज बैसाख २७, प्रधानमन्त्रीले बिस्वासको मत लिने दिन। अहिलेसम्मको घटनाक्रमले ओलीले विस्वासको मत पाएर सरकार जोगाउने सम्भावना लगभग सकिइ सकेको छ। तर, सजिलै सरकार भने नढल्ने देखिन्छ।
राजनितीमा अंकगणितको खेल निकै महत्वपुर्ण हुन्छ। यहि अंकगणित अहिले केहि हदसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिन्छ। ओलीले आज विस्वासको मत लिन नसके पनि विपक्षीहरुसँग सरकार बनाउन पुग्ने मत पनि छैन्। यसैले प्रधानमन्त्रीमा ओलीले निरन्तरता पाउने सम्भावना जिवितै छ।
विश्वासको मत पुग्न १ सय ३६ सांसद चाहिन्छ। नेकपा एमालेका १ सय २१ जना सांसद छन्। तिध्ये पनि २२ जना सांसद माधव–झलनाथ पक्षका छन्, जसले पार्टी ह्विप नमान्ने निर्णय गर्दै आजको बैठकमा अनुपस्थित हुने बताएका छन्। अर्थात प्रधानमन्त्रीसँग ९९ सांसदमात्र बाकी छन्।
नेपाली कांग्रेस र माओवादी केन्द्रले विपक्षमा मत दिने स्पष्ट पारीसकेका छन् भने जनता समाजवादी पार्टी तटस्थ बस्ने निर्णयमा पुगेको छ।
प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको खण्डमा पनि विपक्षीहरुको सरकार बनाउने धोको पुरा हुन हम्मे–हम्मे नै पर्न सक्छ। माधव–झलनाथ समुहले सघएको खण्डमा ओली सरकार ढल्न सम्भव छ। तर, माधव–झलनाथ समुह विपक्षीहरुको साथमा अउन पनि सकिरहेका छैनन्। प्रधानमन्त्रीलाई असहयोग गर्ने निर्णय लिएको यो समुहले विपक्षीलाई सहयोग गर्न सांसद पदबाट राजिनामा दिनैपर्छ। अनिमात्र विपक्षीले सरकार बनाउन सक्ने देखिन्छ।
सरकार बनाउन बहुत चाहिन्त्छ र बहुमत पुर्याउन १ सय ३६ जना सांसद। यो संख्या काँग्रेस–माओवादी गठबन्धनले मात्र पुग्दैन। यसमा ३१ सांसद रहेको जसपाको साथ भएमात्र अपुग २७ सांसदको मत लिएर विपक्षीले सरकार बनाउन सक्छ। तर, जसपा पनि अहिले दुई वटा धारमा छ। महन्थ ठाकुर र राजेन्द्र महतोले आज जसपा तटस्थ बस्ने बताइरहेका छन्। उपेन्द्र यादव र बाबुराम भट्टराई विपक्षीको निकटमा छन्। यस्तो हुँदा विपक्षीलाई बहुमत पुगाउन चहिने सांसद संख्या अपुग हुन सक्छ। प्रतिनिधिसभामा काँग्रेसको ६१ र माओवादी केन्द्रको सभामुखबाहेक ४८ सांसद छन् ।
राजिनामाको घुर्कि दिए्रर ओली पक्षलाई गलाउन खोजेको माधव–झलनाथ समुहले राजिनामा पनि नदिने र बैठकमा पनि अनुपस्थित हुने निर्णय गरेका छन्। उनीहरुको यो निर्णयले पनि प्रधानमन्त्री ओलीलाई बलियो नै बनाउने देखिन्छ। माधव–भलनाथ समुहले राजिनामा दिएको खण्डमा भने ओली सरकारको अन्त्य हुन सक्थ्यो। तर, पार्टी पङ्ती र कार्यकर्ताकै चर्को दवावका कारण माधव–झलनाथ समुह ब्याक हटेका छन्।
घटनाक्रमले मोड परिवर्तन गरेर माधव–झलनाथ पक्षका सांसदहरुले राजिनामा दिएको खण्डमा भने विपक्षीको सरकार बनाउने चाहना पुरा हुन सक्छ। यो पक्षका २२ सांसदले राजीनामा दिएको अवस्थामा प्रतिनिधिसभामा २ सय ४९ सांसद बाँकी रहन्छन्। त्यसपछी सरकार बनाउन १ सय २५ सांसद भए पुग्छ। काँग्रेस–माओवादीका १ सय९ र जसपा नेपालको उपेन्द्र–बाबुराम पक्षका सांसद मिलेको अवस्थामा १ सय २५ सांसदको बहुमतसहित विपक्षी गठबन्धनले सरकारको दावी गर्न सक्छ।
तर, मधेशको सेन्टिमेन्ट अघि सार्दै महन्थ–राजेन्द्र समुहले बाबुरााम–उपेन्द्रलाई नैतिक दबावमा राखेका कारण बाबुराम–उपेन्द्र पनि सरकारमा जाने सम्भावना न्यून छ। पार्टी फुट्न सक्ने डरले पनि जसपाका दुबै समुह तटस्थ नै बस्न सक्छन्।
र याे पनि,
आफ्नैको साथ लिन नसक्दा ओलीको विश्वासकाे मत पाउने सम्भावना टर्याे