तत्कालिन नेकपाका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले शुरु गरेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्ने खेल चरम उत्कर्षमा पुगेको छ। नेकपा विभाजनदेखी खारेजसम्मको अवस्था पार गरीसकेपछी अहिले प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुगेका छन्।
नेकपा अध्यक्ष समेत रहेका ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै राजनितीक कोर्ष नै परिवर्तन भएको छ। सत्ता बाहिर चुपचाप बसेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीमा नयाँ तरङ्ग देखिएको छ। जनमतअनुसार पाँच वर्ष प्रमुख प्रतिपक्षीको रुपमा बस्नुपर्ने नेपाली काँग्रेस सत्ताको बागडोर सम्हाल्ने तयारी गर्दैछ।
नेकपा बिवादका कारण संसद विघठन हुँदासम्म मौनप्रायः रहेको नेपाली काँग्रेसको सकृयता अहिले बढेको। बैसाख २७ गते प्रधानमन्त्री ओली विस्वासको मत लिन असफल भएको खण्डमा नेपाली काँग्रेस नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना प्रवल भएकाले पनि काँग्रेस अहिले सकृय देख्रिएको छ।
यहिविच शनिबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकमा शेरबहादुर देउवाले बोले – ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो।’ पहिलेका दिनहरुमा भन्दा शनिबारको बैठकमा सभापति देउवा सरकारबारे प्रष्ट देखिएका थिए। उनले काँग्रेस सांसदहरुलाई प्रधानमन्त्रीको बिपक्षमा उभिन समेत निर्देशन दिए।
सभापती देउवाले यो सरकारलाई विस्थापित गर्ने र नयाँ सरकार बनाउनुपर्छ भन्ने प्रष्ट मत राखेको नेपाली काँग्रेसका सांसदहरुले बताएक छन्। बैठकमा देउवाले सरकार विस्थापित गर्नेबारे अन्य दलहरुसँग छलफल भइरहेको समे जानकारी गराएका थिए।