नेकपा एमालेका सांसद तथा यस्वा नेता महेश बस्नेतलाई कोरोना संक्रमण भएको छ। पुर्वमन्त्री समेत रहेका बस्नेतको शुक्रबार गरिएको पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएको हो।
बस्नेतले भ्याक्सिनको दुवै डोज पूरा गरिसकेका बस्नेतको स्वास्थ्य अवस्था सामान्य रहेको उनीनिकट श्रोतले जानकारी दिएको छ। बस्नेतमा कोरोनाको कुनै लषण देखिएको छैन। सांसदहरुको नियमित पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।
उनको सीटी भ्यालु अहिले ३६ देखिएको छ। ४० भन्दा माथि सीटी भ्यालु भएपछि कोरोना निको भएको मानिन्छ।