नेपालमा राजनितीक तरलता बढीरहेको बेलामा भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन्। एकजना अर्का कर्मचारीको साथमा उनी एयर ईण्डियाको जहाजबाट नेपाल उत्रिएका हुन्।
भारतीय दुतावासले भने रअका नेपाल प्रमुख आएको कुरालाई अस्विकार गरेको छ। तर, विमानस्थल श्रोतका अनुसार भट्नागरलाई लिन दुतावासकै गाडी पुगेको थियो। भट्नागर कुटनीतिक राहदानी लिएर नेपाल छिरेको विमानस्थल श्रोतले बताएको छ। उनलाई विमानस्थलमा भिआइपी सुरक्षा प्रदान गरिएको थियो।
नेपालमा राजनितीक अस्थिरता बढीरहेको बेलामा भएको भट्नागरको आगमलाई अर्थपुर्ण रुपमा लिइएको छ। नेपालको मुख्य–मुख्य राजनितीक घटनाक्रममा भारतले हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने प्रयास गर्दै आएको छ। राजनितीक मामिलामा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्नको लागि रअको प्रयोग हुने गरेको छ।