आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा ८ नेपाली क्रिकेटरहरुले नाम दर्ता गराएका छन्। आइपीएल २०२१ मा कुल १ हजार ९७ जना अक्सनको दर्तामा सहभागी भएका छन्।
जसमध्ये ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन्। आइपीएल नाम दर्ता गराएका नेपाली खेलाडीहरुके नाम खुलाइएको छैन। अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुँदैछ। एसोसिएट २७ मध्ये नेपालबाट मात्रै ८ खेलाडी परेका हुन्।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई यस सिजन लागि दिल्ली क्यापिटल्सले फुकुवा गरेको थियो। सन्दीपले दिल्लीबाट तीन सिजन बिताउँदै कुल ९ खेलमा १३ विकेट लिएका थिए।