दुबईमा जारी टी–१० लिग अन्तर्गतको खेलमा डेक्यान ग्लाडियटर्सले मराठा अरेबियन्सलाई १ सय २१ रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको डिक्यानले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनायो।
डिक्यानका अनवार अलीले ३९, प्रशान्त गुप्ताले ३५ र यसिर कलिमले २८ रन बनाए। मराठाको बलिङमा नेपाली बलर सोमपाल कामीले २, सोहग गजी र प्रविन ताम्बेले समान एक–एक विकेट लिए।
डिक्यानविरुद्ध सोमपालले कसिलो बलिङ गरे। २ ओभरमा उनले जम्मा १२ रन खर्चिए। व्यक्तिगत पहिलो ओभर अविश्वसनीय प्रदर्शन गरेका सोमपालले २ रन दिएर २ विकेट लिएका थिए। तर, व्यक्तिगत दोस्रो ओभरमा उनले २ चौकासहित १० रन खर्चिए। समग्रमा डिक्यानविरुद्ध उनको प्रदर्शन उत्कृष्ट रह्यो।