भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन भएको छ। कार्कीको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको हो।
कार्कीले सन् २०१९ मा आयरल्यान्डमा भएको चार दिवसीय मास्टर–२ प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। उक्त प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछि पारेका थिए।
त्यस्तै, सन् २०१९ को जुलाईमा ५०–५४ वर्ष उमेर समूह र २ सय २० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा छनौट भएका थिए। भारत्तोलक कार्कीले ४४–४९ वर्ष उमेर र २ सय २० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक विजेता हुन्।