प्रतिनिधिसभाका सांसद सानु शिवा पहाडीको निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटु रोगबाट पीडित पहाडीको बुधबार बिहान निधन भएको हो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गदै पहाडिप्रति श्रद्धाञ्जली दिएका छन् । पहाडी लामो समयदेखि जनसांस्कृतिक महासंघमा आबद्ध भएर जनवादी गीतसंगीत गाउँथिन् । ताप्लेजुङमा जन्मिएकी पहाडी सानै उमेरबाट राजनीतिमा सक्रिय थिइन् ।
केही वर्षअघि उनका दुवै मिगौलाले काम गर्न छोडेपछि प्रत्यारोपण पनि गरिएको थियो । पछिल्लो समयमा मुटुको रोग पनि थपिएको थियो ।