काठमाडौं - बुधबार देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रको मौसम भने आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र हाल भारतको तेलंगानामा रहेको छ र कमजोर हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ ।
बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।