काठमाडौं– उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ । अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताए ।
अदालतका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ, अरुलाई पनि नहोस् भनेर अदालतका आन्तरिक प्रशासनिक काम बाहेकका अन्य काम कारवाही एक साताका लागि बन्द गरिएको रेग्मीको भनाई छ ।
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबै कर्मचारीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको रजिष्ट्रार रेग्मीले जानकारी दिए ।