सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाफजंग शाहलाई निलम्बन गरिएको छ । प्रमुख सचेतक गुलाफजङ शाहको काम सन्तोषजनक नभएपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निलम्बन गरेको सांसद विन्दमान विष्टले बताए ।
शाहको ठाउँमा सीता नेपाली नियुक्तलाई गरेको पत्र दिएको विष्टले बताए । हिजो आइतबार मात्र शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्तावमाथि छलफल नै नहुँदै शाहीले प्रमुख सचेतकलाई हटाएका छन् । विष्टले भने, ‘मुख्यमन्त्रीको अधिकारभित्र पर्ने कुरा हो । शाहको कामप्रति सन्तुष्ट नभएपछि दलको नेताले हटाएको हो ।’
