काठमाडौँ - सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रह अरु क्षेत्रको मौसमसफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्रमा रहेको छ । मनसुनी गतिविधि सक्रिय नरहे पनि नेपालबाट मनसुन बाहिरि नसकेको मौसमविदले जनाएका छन् ।
सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । राति भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएर बाँकी पहाडी भू–भागहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।