काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । दलका १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव बुझाएका छन् ।
प्रदेश सांसद यामलाल कँडेलको नेतृत्वमा भएको हस्ताक्षर सचेतक नेता गुलावजंग शाहलाई बुझाएको छ । शाहले भने ‘१८ जना माननिय ज्युहरुको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताव आएको छ । अब विधानले व्यवस्था गरे अनुसार संसदीय दलको बैठक बसेर निर्णय गछौ । विधानमा एक तिहाइ सांसदहरुले लिखित रुपमा हस्ताक्षर गरेर प्रस्ताव ल्याए छलफल हुन्छ ।’
हस्ताक्षर गर्नेमा पूर्व एमालेका १३ जना र पूर्व माओवादीका ५ जना सांसद रहेका छन् । कर्णाली प्रदेशमा नेकपाका ३३ जना सांसद छन् ।

