काठमाडौं– साताको पहिलो दिन आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । आज प्रतितोला सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बृद्धि भएको छ । आज प्रतितोलदा चाँदीको मूल्य १२ सय ३५ रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ कायम भएको थियो ।