काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजीनामा दिएका छन् । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
खतिवडाको राजीनामा स्वीकृत भएको जनाइएको छ । खतिवडाले सम्हाल्दै आएको सञ्चार तथा अर्थ मन्त्रलायको जिम्मेवारी प्रधानमन्त्री ओली नै सम्हाल्ने भएका छन् ।
गत फागुनमा राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडा सांसद पदविहीन भएका थिए । खतिवडा संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका थिए । उनी मन्त्री भएको शनिबार ६ महिना पुग्नेछ । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्थाअनुसार खतिवडाको पदावधि भाेलिसम्म रहेकाे थियाे ।