काठमाडौं– ललितपुर महानगरपालिकामा शुक्रबार बिहानदेखि कर्फ्यु लाग्ने भएको छ । मत्स्येन्द्रनाथको रथयात्राको विषयमा बिहीबार स्थानीय र प्रहरीबीच झडप भएपछि स्थिति बिग्रन नदिन शुक्रबार बिहान ४ देखि राति १० बजेसमम कर्फ्यु जारी गरिएको हो ।
ललितपुर जिल्ला प्रशासनले जनप्रतिनिधि, प्रहरीसँगको बैठपश्चात बिहीबार सूचना जारी गर्दै अवस्था सामान्य बनाउन कर्फ्यु आदेश जारी गरेको प्रजिअ नारायणप्रसाद भट्टले बताए ।
बिहीबारको बैठकले रथ ताने निर्णय पनि गरेको छ । रथलाई पुल्चोकदेखि सात सय मिटर तानेर राख्ने बताइएको छ । २६ गते भने रथलाई बुङमती नै पुर्याउने निर्णय भएको प्रजिअले जनाएका छन् ।
