ललितपुर– ललितपुरमा भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएपछि कर्फ्यु लगाउने निर्णय गरेको हो ।
रातो मत्स्येन्द्रनाथको रथयात्रा तान्ने विषयमा भएको झडपमा प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने ९ जनासमेत प्रक्राउ परेका छन् ।