काठमाडौं– नेपालमा पछिल्लो चौबिस घण्टामा १ हजार २२८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
त्यस्तै, आज डिस्चार्ज हुनेको संख्यामा पनि धेरै रहेको छ । आज ९९० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ रहेको छ ।
आज ६ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २५७ पुगेको छ । संक्रमण दर बढेकाले निषेधाज्ञा जारी गरिए पनि संक्रमण दर झन् बढ्दो क्रममा रहेको छ ।