ललितपुर– स्थानीय र प्रहरीबीच आज ललितपुरको पुल्चोकमा झडप भएको छ । स्थानीय निषेधाज्ञा उल्लंघन गर्दै अनुमतिबिना रातो मत्स्येन्द्रनाथको रथ तान्न भेला भएका थिए । प्रहरीले रथ तान्न अवरोध गरेपछि उनीहरूबीच झडप भएको हो ।
कोरोना संक्रमण दर र मृत्युदर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय ललितपुरले आभसभा, जुलुस तथा धार्मिक कार्यमा भेला हुन रोक लगाएको छ । यस किसिमको भीडभाड तथा भेलाले कोरोना संक्रमण दर बढ्ने भएकाले प्रहरीले रातो मत्स्येन्द्रनाथको रथ यात्रामा रोक लगाएको हो ।