काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला ७०० ले कमी आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा ७०० ले कमी आई ९६ हजार ५०० मा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनमा समेत प्रतितोला र ७०० ले कमी आएको छ । बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको तेजाबी सुन आज ९६ हजारमा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३४५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २६५ कारोबार भएको थियो ।