काठमाडौं– काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा थपिएको छ । आज बसेका उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा भदौ २४ गतेसम्मलाई निषेधाज्ञा थपेको हो ।
यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको थियो । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा यो तेस्रोपटक निषेधाज्ञा थपिएको हो । गत भदौ १० गते दोस्रो पटक जारी गरिएको निषेधाज्ञा आजै मध्यराति सकिदैछ ।