काठमाडौं - आज पनि देशको विभिन्न भुभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली हुन लागेको हो ।
बाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ ।
पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ ।