काठमाडौं– नेपालमा आज १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार ३ सय ४४ महिला र ७ सय २५ पुरुष गरी १ हजार ६९ जना संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।