काठमाडौं– राष्ट्रिय शैक्षिक परामर्श संघले पूर्वअध्यक्ष बुद्धिप्रसाद रेग्मीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संघले रेग्मीको ‘हेट स्पिच’ले संस्थाको साख र गरिमामा आँच पुर्याएको र अन्तरसंस्थाबीचको सम्बन्ध बिगार्ने भएकाले आपत्ति जनाएको हो ।
संघको विज्ञप्तिमा भनिएको छ, ‘२०७७/०५/१२ गते दिनको ११ः३० देखि १ः३० बजेसम्मको नेपाल शैक्षिक परामर्श संघ भर्चुअल फोरममा र आफ्नै फेसबुकमा एक जना पूर्वअध्यक्ष बुद्धिप्रसाद रेग्मीको हेट स्पिचतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।’
संघले रेग्मीले आत्मालोचनासहित माफी माग्नुपर्ने र त्यस्ता व्यक्तिलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताएको छ ।
राष्ट्रिय शैक्षिक परामर्श संघको सूचना पढ्नुहोस् :

