काठमाडौं– वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसँगै उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् ।
कोरोनाका सामान्य लक्षण देखा परेपछि रिजाल दम्पतीको गत शनिबार स्वाब परीक्षणका लागि प्रयोगशाल पठाइएको थियो । उनीहरुको सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएकान हो ।
आफू फ्रन्टलाइनमा खटिने चिकित्सक भएकाले संक्रमण हुनु नौलो नभएको रिजालले बताएका छन् । उनले भनेका छन्, ‘हामी कोरोनालाई जितेर फर्किने छौँ’ ।