काठमाडौं– आज इन्द्रजात्रा पर्व । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आरधना गरी परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदै छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाईने इन्द्रजात्रा पर्व काठमाडौं उपत्यका, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाईन्छ ।
इन्द्रजात्रा पर्व देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजाराधनाका साथै नेवारी परिकार समयबजीको भोजनसहित हर्षोल्लासपूर्वक मनाउने परम्परा छ ।
प्रयाप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति आभार प्रकट गर्दै मनाइने यो पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई बुझाउछ ।
यो वर्ष भने कोरोना कहरका कारण जारी लकडाउनका कारण इन्द्रजात्रा पर्वको रौनक छैन् ।