काठमाडौं– पछिल्लो २४ घण्टामा विश्वभरका २ लाख ६४ हजार मानिसमा कोरोना संक्रमण फैलिएको छ । अघिल्लो २४ घण्टामा विश्वमा २ लाख ६५ हजार ८८८ जनामा यो संक्रमण फैलिएको थियो । पछिल्लो २४ घण्टाको संक्रमण दर अघिल्लो २४ घण्टाको भन्दा कम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अहिलेसम्म विश्वका २ करोड ५१ लाख १८ हजार ६८९ मानिसमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । कोरोना संक्रमणबाट विश्वभरीका ८ लाख ४४ हजार ३१२ जनाको ज्यान गएको छ ।