काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को १३ भदौमा बस्ने भनेको सचिवालय बैठक सरेको छ । बालुवाटारमा शुक्रबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।
रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित भएको बैठकका सहभागीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बैठक १८ गतेसम्म धकेलिएको स्रोतले बतायो ।
महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले अघिल्लो हप्ता प्रतिवेदन बुझाएको थियो । अध्यक्षद्धयले प्रतिवेदनको अध्ययन गरेपछि १३ गतेलाई सचिवालय बैठक तय भएको थियो ।
अब बस्ने सचिवालय बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । पार्टीभित्र विवाद उत्पन्न भएपछि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ ।