काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
नेकपामा जारी स्थायी कमिटीमा नै विवाद बढेपछि ३० साउनमा दुई अध्यक्षले महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले शनिबार प्रतिवेदन बुझाएको हो ।
अध्यक्षद्धयले कार्यदलको प्रतिवेदन अध्ययन पछि कार्यन्वयनको पक्षमा छलफल सुरु भएको छ । कार्यदलले १७ पृष्ठको प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमाथि छलफल गरेर पार्टीको सचिवालय र स्थायी कमिटी बैठक बोलाएर छलफल पछि कार्यन्वयनमा जाने बुझिएको छ ।
प्रतिवेदनमा ओलीलाई सरकारको नेतृत्व र प्रचण्डलाई पार्टी नेतृत्व गर्न सुझाव दिएको छ । सरकारलाई थप प्रभावकारी बनाउने भन्दै संघीय मन्त्री र प्रदेशका मुख्यमन्त्री पनि हेरफेर हुने देखिएको छ ।
आज अध्यक्षद्धयबीच छलफलपछि सचिवालय र स्थायी कमिटी बैठक बोलाएर प्रतिवेदन पास गराउन सुझाव दिएको छ ।