काठमाडौं– पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
आज भेटिएका संक्रमित मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेका छन् । यो सहित नेपालमा २८ हजार ९ ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म देशभरका ११ हजार ११८ जनामा संक्रिय किसिमको संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
देशभरका विभिन्न आइसोलेशनमा ७ हजार ८९१ ज्ना रहेका छन् । १३ हजार ५७१ ज्ना क्वारेन्टिनमा रहेका छन् ।