काठमाडौं– संघीय संसदको सचिवालयले सांदहरुका लागि तयार पारेको लोगो फिर्ता पठाइएको छ । लोगोको चौतर्फी आलोचना भएपछि फिर्ता गरिएको हो ।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संसदको लोगो फिर्ता पठाएको जानकारी दिएका छन् । विज्ञप्तीमा लोगोको ब्याच पिनहरुमा संरचनागत र साजसज्जामा देखिएको समस्या सुरधार र परिमार्जनका लागि फिर्ता पठाइएको उल्लेख गरिएको छ ।
संघीय संसदको नयाँ प्रतीक चिन्हमा साविकमा प्रयोग भएको प्रतीक चिन्ह रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखिएको छ ।
