एजेन्सी - अफ्रिकी देश मालीका राष्ट्रपतिले पदबाट राजीनामा दिँदै संसद विघटन गरेका छन् ।
मालीका राष्ट्रपति इब्राहिम बुबाकर केइटालाई विद्रोही सैनिकले अपहरण गरेको थियो ।
अपहरणमा परेका केइटाले विद्रोही सैनिकको माग पुरा गर्नका लागि पदबाट राजीनामा दिएको र संसद विघटन गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
योसँगै मालीको राजनीतिमा उथलपुथल आउने अनुमान गरिएको छ ।
विद्रोही सैनिकले राष्ट्रपति,प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।
उनीहरुले यसैको लागि महिनौंदेखि आन्दोलन गरिहेका थिए ।