काठमाडौं - आज बुवाको मुख हेर्ने दिन हो । यस दिनमा सन्तानले आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान गर्ने गर्छन् ।
बुवा नहुनेहरू बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन् । त्यस्तै आज कुशे औँशी पनि हो ।
आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने गर्छन् ।
आजको दिन उखेलेको कुश वर्षभरि प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न मिल्ने शास्त्रीय मान्यता छ ।