काठमाडौं– नुवाकोटमा निषेधाज्ञा जारी गएिको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भदौ २ गने राति १२ बजेदेखि ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
नुवाकोटमा निषेधाज्ञा
विदुर नगरपालिकाका सम्पूर्ण क्षेत्र
बेलकोटगढी नगरपालिकाको सम्पूर्ण क्षेत्र
दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण क्षेत्र
लिखु गाउँपालिकाका सम्पूर्ण क्षेत्र
सूर्यगढी गाउँपालिकाका सम्पूर्ण क्षेत्र
पञ्चकन्या गाउँपालिकाको सम्पूर्ण क्षेत्र
शिवपुरी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
तादी गाउँपालिकाको वडा नं २, ३, ४ र ५ का सम्पूर्ण क्षेत्र
तारकेश्वर गाउँपालिकाको वडा नं २, ४, ५ र ६ का सम्पूर्ण क्षेत्र
ककनी गाउँपालिकाका पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र
निषेधित कार्य
- औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन ।
- एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना तथा कुखुरा बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकलसमेत) सञ्चालन गर्न ।
- अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, माछा मासु तथा दुधजन्य वस्तु बिक्री गर्ने पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न (तर खाद्यान्न पसल बिहान ६:०० बजेदेखि १०:०० बजेसम्म मात्र खोल्न पाइने) ।
- धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतवन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्चालन गर्न ।
खुला गरिएका सेवा
- सरकारी तथा सार्वजनिक संस्थाका कार्यालयहरुबाट सम्पर्क व्यक्तिहरुसँगको सम्पर्कका आधारमा अत्यावश्यक सेवा मात्र प्रदान गर्ने ।
- बैंकहरुमा सम्पर्क व्यक्ति तोकी सम्पर्कका आधारमा अत्यावश्यक सेवाहरु मात्र प्रदान गर्ने।
- स्वास्थ्य क्षेत्रमा कार्यरत बाहेकका गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु सञ्चालन नगर्ने।
- सेवा प्रदान गर्ने कार्यालयहरुले स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गराई भीडभाड नहुने गरी सेवा प्रदान गर्ने साथै सम्भव भएसम्म अनलाइनमार्फत सेवा प्रदान गर्ने।
