काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेससम्मकै सबैभन्दा धेरै हो । योसहित संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ८५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । देशभर १० हजार ५६३ संक्रिय संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ४६१ जनाको पिसिआर परीक्षण गरिएको थियो । अहिलेसम्म जम्मा ५ लाख ८२ हजार ८६६ जनाको पिसिआर परीक्षण गरिएको छ ।
मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं ५ सयभन्दा धेरै कोरोना संक्रमित भएको जिल्लामा पर्छन् । हाल ८८७ जना संक्रमित देशका विभिन्न होम आइसोलेसनमा रहेका छन् । १३ हजार ९२६ जना क्वारेन्टिनमा छन् । बाग्मती प्रदेशका ८ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।
आज थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।