काठमाडौं– ललिलतपुरको पाटन अस्पतालमा एक ३७ वर्षे युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नवलपरासीका ति पुरुषको भेन्टिलेटरमा उपचार भैरहेको थियो । उपचारकै क्रममा सोमबार बिहान ७ बजे उनको मृत्यु भएको अस्पतालका र्दिेशक डा. रवि श्रेष्ठले जानकारी दिए ।
पित्तथैलीको शल्यक्रियापछि श्वासप्रश्वासमा आएको समस्याका कारण उनी गत साउन ३० गतेदेखि पाटन अस्पस्पतालको भेन्टिलेटरा राखेर उपचार गराउँदै आएका थिए । उनको अवस्था गम्भिर बन्दै गएपछि गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।