काठमाडौं– आज देशका केहि स्थानमा ठूलो पानी पर्ने स्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विहानैदेखि देशका केहि स्थानमा बिहानैदेखि वर्षा भैरहको छ । दिनभरी मौसम हल्का खुले पनि साँझपख देशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।
बाग्मती प्रदेश लगायत प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, कालिकोट, डोटी, अछाम लगायतका स्थानका नदिमा बहाव बढ्नसक्ने महाशाखाले जनाएको छ । कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली खोलाका तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।