काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वका ५ हजार ३४५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कोरोना संक्रमणका कारण ७ लाख ६७ हजार १५८ जनाले ज्यान गुमाइसकेका छन् ।
विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमणका कारण अघिल्लो दिन मात्रै ५ हजार २३२ जनाको मृत्यु भएको थियो ।
विश्वका २ करोड १५ लाख ४९ हजार ७ सय ६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।