काठमाडौं– कोभिड–१९ को संक्रमण बढ्दै गएपछि उपत्यकामा पनि संक्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा २ हजार १ सय ३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उपत्यकामा बन्दाबन्दी खुलेपछि संक्रमित बढ्न थालेका हुन् ।
उनका अनुसार अहिलेसम्म काठमाडौं जिल्लामा १ हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् । यस्तै, उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस