काठमाडौं– पछिल्लो २४ घण्टामा ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ११ हजार ५ सय २० जनामा गरिएको पिसिआर परीक्षणमा ५ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसहित नेपालमा १ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
आजै १ सय ६० जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म उपचरपछि निको भएर घर फर्कनेको संख्या १७ हजार ४ सय ९७ पुगेको छ । ९ हजार ६ सय ३९ जना देशभरका आइसोलेसनमा रहेका छन् । यस्तै, १५ हजार १ सय ८८ जना क्वरेन्टिनमा छन् ।